गगन थापालाई देखाउन खोज्दा आफै नाङ्गीए सिटौला
काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अबसरवादी बन्दा उनको राजनीतिक भविश्य अन्यौल भएको छ । अवसरवादमा चुर्लुम्मै डुबेपछि उनलाई अकल्पनीय धक्का लागेको छ ।
नेपाली काग्रेसका युवा नेताद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई देखाइदिन खोज्दा सिटौला आफैँ नाङ्गीएका छन् । गगन थापालाई हराउँनैका लागि उनले शेरबहादुर देउवा सँग सौदाबाजी गरेर प्रदिप पौडेललाई महामन्त्रीमा उठाएका थिए ।
गगन विश्वप्रकाश हराउने उनको मिसन पूर्ण रुपमा असफल भएको छ । काग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भए लगत्तै काग्रेसको १४ औँ महाधिवशेनमा सबैभन्दा बढि धक्का कसैले खाएको छ भने कृष्ण प्रसाद सिटौलाले खाएको चर्चा सुरु भएको छ ।
गगनलाई मात्रै होइन विश्वप्रकाश शर्मालाई पनि हराउँने उनको मिसन थियो । त्यो मिसन पनि पुरा हुन पाएन ।
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई ठूलो धक्का लागेको छ । उनी महाविधेशनमा कुनै पनि पदमा उम्मेदवार भएनन् । उनले सारेका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल पनि पराजित भएका छन् ।
पौडेललाई महामन्त्री बनाउन सिटौलाले निकै मिहेनत गरे । सभापति शेरबहादुर देउवासँग समिकरण बनाए । यस क्रममा पौडेललाई उम्मेदवार बनाउन देउवाले हस्तीहरुलाई उम्मेदवार बन्नबाट रोके ।
बालकृष्ण खाँड, एनपी साउद, विश्वप्रकाश शर्मा जस्ता हस्तीहरु महामन्त्रीका दाबेदार थिए । सबैलाई पछि हटाए । शर्मा प्यानल परिवर्तन गरी प्रकाशमान सिंहको पक्षमा लागे । उनी विजयी भए ।
विगतमा सिटौलाको समूहमा रहेका गगन थापा शेखर कोइरालाको समूहमा गएर लोकप्रीय मतका साथ महामन्त्री जिते । तर, उनले अगाडि सारेका पौडेल पराजित भए । पौडेलको पराजयले सिटौला निकै कमजोर देखिएका छन् ।
देउवा पक्षभित्र यस विषयले ठूलै तरंग आएको छ । सिटौलालाई देउवा पक्षका कतिपय नेताले स्वीकारेका थिएनन् । असन्तुष्टिको परिणाम पौडेल पराजित भए । उनी मत परिणाममा चौंथो स्थानमा पुगे ।
पार्टीको आन्तरिक चुनावी प्रतिष्पर्धामा भाग नलिएपनि सिटौलाले पदाधिकारी र केन्द्रीय सदस्यमा निकटस्थलाई देउवा प्यानलमा राख्न सकेका थिए । तर, पौडेलको पराजयले उनीहरुको अवस्थाबारे समेत चर्चा हुन थालेको छ ।