एमसीसीबारे माधव नेपालले गरे चलाखिपूर्ण निर्णय
काठमाडौँ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे चलाखिपूर्ण निर्णय गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीले सत्तारूढ गठबन्धनले गर्ने निर्णयनै पार्टीकोे निर्णय हुने भन्दै चलाखिपूर्ण निर्णय गरेका छ । साझा निष्कर्ष निकाल्ने बताएका छन्। उनले यो नै आफ्नो फाइनल डिसिजन भएकाले कसैँसँग सम्झौता नगर्ने समेत प्रष्ट पारेका छन् ।
काठमाडौंमा प्रेस सङ्गठन नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे पाँच दलको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्ने बताएका हुन्। उनले एमसीसीलाई सहज रूपमा अगाडि बढाउन चाहेको बताए।
“एमसीसीलाई हामी राम्रो वातावरणमा, सहज वातावरणमा अगाडि बढाउन चाहन्छौं,” नेपालले भने, “यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, सेनासँग, नेपालको सार्वभौमसत्तासँग जोडिने कुरा नहोस्। छिमेकीहरूमाथि कुनै किसिमले असर पार्ने कुरा पनि नहोस् भन्ने कुरामा सजग पनि छौं।”
यस विषयमा सत्तारूढ दलले साझा निष्कर्ष निकाल्ने उनको भनाइ थियो। “एमसीसी सम्बन्धमा पहिले पाँच दलको बीचमा छलफल गर्नेछौं,” पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, “साझा निष्कर्ष निकालेर देशको हितको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेरै अगाडि बढ्नेछौं।”
यस विषयमा एक किसिमले छलफल चलिरहेको उनको भनाइ थियो।
“एमसीसीमा छलफल चलाएर त्यसको अन्तरवस्तु के छ, सच्याउनुपर्ने कुरा छन् भने ती के के हुन् भन्ने विषयमा पनि छलफल गरिरहेका छौं,” नेपालले भने, “हामी जनभावना पनि हेरिरहेका छौं, जनभावनाको पनि विचार गरिरहेका छौं।”
सत्तारूढले गठन गरेको अध्ययन समिति पनि त्यसै प्रक्रिया अन्तर्गत भएको उनको भनाइ छ। पाँच दलीय गठबन्धनले ४ पुसमा झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति बनाएको छ।
त्यो समितिको अध्ययनले पनि धेरै कुरा छर्लङ्ग हुने नेपालको भनाइ थियो। नेपालले भने, “नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार गर्न सक्दैनौं।”
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरे। ओलीकै कारण नेकपाको बहुमतको सरकार असफल भएको नेपालको भनाइ थियो।