प्रचण्डले देउवा विरुद्ध गरे आन्दोलनको घोषणा
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ आन्दोलनको घोषणा गर्ने चेतवानी दिएका छन् ।
सत्ता गठवन्धनको मुल पार्टीका अध्यक्ष प्रचण्डले सरकारका विरुदमा पहिचानसहितको प्रदेश स्थापनाका लागि आन्दोलनको घोषणा गरेका हुन् ।
उनले संविधान संशोधनको माग गर्दै सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
माओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै दाहालले पहिचानका आधारमा प्रदेशको नामकरण गर्ने आदिवासी जनजाती लगायतको अधिकार स्थापनाका लागि संविधानमा परिमार्जन गर्न आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन।
संविधान निर्माण अघिको अवधिमा पहिचान र अधिकारका मुद्दा उठाएको प्रसंग उल्लेख गर्दै उनले त्यसबेलामा ती विषय लागू गर्न नसके पनि अब फेरि उठाउने वताए ।
‘संविधान परिमार्जनका लागि सडकबाट आन्दोलन सुरु गर्छौं । पहिचानका आधारमा नाम राख्ने कुरालाई उठाउँछौं । तपाईंहरूले पनि त्यही दिशामा नीति र नेतृत्व बनाउनुहोस् ।’, उनले भने।
वर्तमान संविधानमा उत्पीडित समुदायका हक अधिकार नपुगेको उनको भनाई छ।
उनले युद्धका बेलामा रोल्पा रुकुमको मगर समुदायका बीचमा समय बिताएको स्मरण गरे।
माओवादीले पहिचान र समाथ्र्यका आधारमा १४ प्रदेश स्थापन गर्ने माग गर्दै आएको थियो ।