राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

बुधबार, २१ पौस २०७८

काठमाडौँ – राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तीका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो ।

गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गरेका थिए ।

सोही समितिको सिफारीसको आधारमा मन्त्रीपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरीएको हो ।

उपाध्यक्ष पदमा नियुक्तीकालागि १२ जनाले आवेदन दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेलामा राष्ट्रिय युवा परिषद्को स्थापना गरेका थिए ।

दुई कार्यकाल माधव ढुङ्गेलले चलाएका थिए । सरकारले ढुङ्गेललाई अघिल्लो महिना महिना बर्खास्त गरेको थियो ।