प्रचण्डमाथि देउवा सरकारले लियो कडा एक्सन
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० माथि देउवा सरकारले एक्सन लिएको छ । आफू समेत सहभागी रहेको सरकारले प्रचण्डमाथि एक्सन लिएको हो ।
प्रचण्डको दुई वटा टेलिकम पर्दायक कम्पनीमा अप्रत्यक्ष लगानी रहेको छ । नेपाल स्याटलाइट टेलिकम ९हेलो नेपाल० र स्मार्ट टेलिकममा प्रचण्डले अप्रत्यक्ष लगानी गरेपनि राम्रोसँग चलाउन नसकेपछि सरकारले टेक ओभर गर्ने भएको छ ।
त्यसका लागी सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका मन्त्रालय र दूरसञ्चार प्राधिकरणको लामो गृहकार्यपछि दूरसञ्चार ९सेवा प्रदायक नियमन तथा सम्पत्ति व्यवस्थापन० नियमावली, २०७७ मन्त्रिपरिषदमा पुगेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुवै कम्पनीको लाइसेन्स खारेज गरेर उनीहरुको सम्पति सरकारीकरण गर्न लागिएको हो । ओलीले सत्ताच्युत गरेको प्रतिरोध साध्न प्रचण्डमाथि बदला लिन यस्तो निर्देशन दिएका हुन् ।
अब लामो समयदेखि सेवा सञ्चालन नगरी बसेका तथा बक्यौता तिर्न नसकेर टाट पल्टीएका स्मार्ट टेलिकम तथा नेपाल स्याटलाइट टेलिकम लगाएतका सेवाप्रदायकलाई सरकारको स्वामित्वमा ल्याएर सम्पती व्यवस्थापन गर्नेछ।
सम्पत्ति व्यवस्थापन तथा ग्राहकको व्यवस्था सबैभन्दा चुनौतिपूर्ण मानिएपनि कार्ययोजना बनाएर अघि बढ्ने तयारी भएको दूरसञ्चार प्राधिकरणका उच्च अधिकारीले बताए। हाल स्मार्ट टेलिकमसँग २२ लाख प्रयोगकर्ता रहेका छन् भने हेलो नेपालको सेवा बन्द भएको झण्डै दुई बर्ष भएको छ ।
स्मार्ट टेलिकमको आर्थिक अवस्थाको बारेमा मन्त्रालय र प्राधिकरणले थप अध्ययन समेत गरिरहेको छ।किनभने यतिबेला स्मार्ट टेलिकमका २२ लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता र सयौको सङ्ख्यामा टावरहरु छन्। त्यस्तै, यसअघि मन्त्रिपरिषद्को निर्णयका आधारमा स्मार्टको आर्थिक अवस्थाको विषयमा अध्ययन समेत भएको छ।
हाल मन्त्रीपरिषदमा पुगेको सो नियमावलीमा कम्पनीले प्रयोग गरिरहेको नेटवर्क र फ्रिक्वेन्सी भने अब आउने नयाँ कम्पनीलाई दिएर अघि बढ्ने तयारी भएको प्राधिकरण स्रोतले बतायो। कम्पनीका हाल सक्रिय ग्राहकलाईपनि निरन्तरता दिइनेछ।
टेलिकमले सरकारलाई ५ अर्ब बक्योता तिर्न बाँकी छ। विगत लामो समयदेखि सीजी टेलिकमले लाइसेन्स लिन कसरत गरिरहेपनि पाउन सेकेको छैन। सीजीलाई जिएसएम सेवा दिन ८०० र ९०० व्यान्डको फ्रिक्वन्सी आवश्यक पर्छ जुन स्मार्ट टेलिकमसँग छ।
स्मार्ट टेलिकमलाई सरकारको अधिनमा लिएर सीजीलाई सो व्यान्डको फ्रिक्वेन्सी उपलब्ध गराएर सीजीलाई लाइसेन्स दिने गृहकार्य पनि प्राधिकरण र मन्त्रीसँग छलफल भइरहेको प्राधिकरणका ती अधिकारीले बताए।
हाल स्मार्ट टेलिकमसँग ९०० व्यान्डमा ५ मेगाहर्ज र १८०० सयमा १२ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग फ्रिक्वेन्सी छ। हेलो नेपालको ९०० व्याण्डमा ९।३ मेगाहर्ज फ्रिक्वेन्सी छ भने देशभर १ सय ६९ वटा पावर रहेका छन् ।