माछापुच्छ्रे बैंकमा तीन जनाको भाग्य चम्कियो

बिहिबार, ५ फाल्गुन २०७८

काठमाडौँ – माछापुच्छ्रे बैंकमा तीन जनाको भाग्य चम्किएको छ । बैंकको उच्च व्यवस्थापनमा रहेका सर्जुकुमार थापा, विश्वम्भर न्यौपाने र प्रसिद्धराज अर्यालको भाग्य चम्किएको हो ।

बैंकले थापा र न्यौपाने नायव प्रमुख कार्यकारी अधिकृतमा र अर्याललाई उप महाप्रबन्धक बढुवा गरेपछि उनीहरुको भाग्य चम्किएको हो ।

नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थापा र न्यौपाने दुवैमा दुई दशक भन्दा लामो सयम बैंकिङ्ग अनुभव रहेको छ ।

उनीहरुले माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यबस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता हासिल गरिसकेका छन् ।

बढुवा भएका थापा बहु बैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अव्वल मानिन्छन् । त्यस्तै नायव महाप्रबन्धक पदमा बढुवा भएका अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सगालेका छन् ।

अर्यालसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।

बैंकको बिस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा बैंक बैंकिङ्ग क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित मानिन्छ ।

बैंकले नेपाल उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गदै आईरहेको छ ।

बैंकले १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।