मध्यराती बालकोट पुगे देउवा, नयाँ गठबन्धनको तयारी

बिहिबार, ५ फाल्गुन २०७८

काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्न सहयोग माग्दै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

बिहीबार राति देउवा बालकोट पुगेका हुन् ।

एमसीसी पास गर्न सत्ता साझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न बालकोट पुगेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ट्वीटरमा लेखेका छन् ।

देउवासँग उनकी श्रीमती आरजु देउवा पनि सँगै बालकोट गएकी छन् । सत्ता गठबन्धन एमसीसी पारित नहुने भएपछि फुटउन्मुख भएको छ।

नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले पनि खुशी सांट्दै सामाजिक संजालमा फो्ट शेयर गरेकी छन् ।

ओलीले सभामुखलाई कटाउने सर्तमा एमसीसीमा साथदिने बचन दिएको श्रोतको दावि छ ।

श्रोतका अनुसार सभामुख अग्नी प्रसाद सापकोटालाई महाअभियोग लगाउने सर्तमा ओलीले एमसीसी पास गर्ने बताएका थिए ।

आज बसेको सत्तारुढ गठबन्धनको बैठक निश्कर्ष विहिन सकिएको थियो । भोली फेरी बैठक बस्दैछ ।