बन्द सफल पार्न संसदमै राखियो बम

सोमबार, १६ फाल्गुन २०७८

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल दुई वटा मोर्चाले आह्वान गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।

बन्द सफल पार्न बन्दकर्ताले संघीय संसद् भवन अगाडि प्रेसर कुकर बम राखेका छन् । प्रहरीका अनुसर संघीय संसद भवनको १ नम्बर गेट अगाडि बम भेटिएको हो ।

मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोेग गराइएको छ ।

त्यस्तै, काभ्रेको बनेपामा पनि बम भेटिएको छ । बनेपामा भेटिएको बम निष्क्रिय पारिएको छ ।

बनेपाको पुल बजारमाको सडकमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

बम डिस्पोज भएपछि त्यहाँको सडकखण्ड सञ्चालनमा आएको छ । बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उता पोखरामा शक्तिशाली विस्फोट भएको छ । उक्त विस्फोटबाट मानविय क्षेति भने नभएको प्रहरीले जनाएको छ ।

यता, भक्तपुरको सल्लाघारीमा सरकारी गाडि तोफोड गरेका छन् । सेतो नम्बर प्लेटको गाडि तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

एमसीसी अनुमोदनको विरोधमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले नेपाल बन्द आह्वान गरेका हुन् ।