तत्कालीन कार्यनीतिलाई कार्यदिशा अनुरुप हेर्नु पर्छ : विप्लव
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लवले आशन्न स्थानीय चुनावबारे पार्टीले अगाडि सारेको कार्यनीतिलाई एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप हेर्नू पर्ने वताएका छन् । पार्टीको मुखपत्र रातोखबरमा ६ बैशाख २०७९ मा आफ्नो आलेख मार्फत महासचिव बिप्लवले यस्तो कुरा बताएका हुन।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको १२ औ बैठकले लियका केही महत्त्वपूर्ण र दुरगामी निर्णयबारे विभिन्न बुझाइ र कृया प्रतिक्रीयाहरु उत्पन्न भैरहेको बेला पार्टीका निर्णयलाई प्रष्ट गर्ने उद्देशले ऐतिहासिक १२ औ पूर्ण बैठक र मुख्य पाँच विषय शिर्षकमा तयार गरिएको आलेखमा पार्टीले स्थानीय चुनावबारे लियको कार्यनीति किन आबश्यक पर्यो त भन्ने बारे प्रष्ट पार्दै उनले लेखेका छने, ‘हामिले कुनैपनी कार्यनीतिलाई अन्य तरिकाले नभयर एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप हेर्नू पर्दछ, हामी सरकार सङ्ग भयको तीन बुदे सहमतिलाई कार्यान्वयन गर्न चाहान्छौ, देशभक्त र क्रान्तिकारी शक्तिलाई गोलबद्द गर्दै संसदिय ब्यवस्थाको भण्डाफोर गर्न चाहान्छौ, प्रतिबन्धले टुटायको पार्टीको संगठनात्मक काडिलाई पुनः जोड्न, परिचालन गर्न र फैलाउन चाहान्छौ, जहाँ जनताको प्रत्यक्ष साथ र सहयोग छ, ती ठाउँहरुलाइ काङ्ग्रेस , एमाले र माकेको हातमा नछोडेर पार्टीकै वरिपरि गोलवन्द गर्न चाहान्छौ र शहर र गाउँ, मजदुर , किसान र नयाँ श्रमिक वर्गलाइ एकताबद्ध गर्दै संघर्ष गर्न चाहान्छौ। अन्य कुनैपनी कार्यनीतिले उल्लेखित आबश्यकतालाई पुर्ती गर्न सक्तैनन् ।’
पार्टीले विद्यमान संसदिय दलाल ब्यवस्थालाइ अस्विकार गर्दै वैज्ञानिक समाजवादका लागि संघर्ष गरिरहेको बेला चुनावी कार्यनीतिलाई सैद्धान्तिक र ब्यबहारिक दुबै रुपमा कसरी बुझ्ने भन्ने बारे भनेका छन्, ‘सिद्धांततः संसदिय ब्यवस्था श्रमिक बर्गको ब्यवस्था नभयर दलाल पुजिपतती बर्गको ब्यवस्था हो।यो ब्यवस्था भित्र हुने चुनाबहरु यहि ब्यस्थालाइ रक्षा गर्न बनाइएका साधन र बिधि मात्रै हुन, तर चुनाव एकमात्र साधन भने होइन, यसका अनेक साधनहरु छन । क्रान्तिकारी कम्युनिस्टहरुले संसदिय ब्यवस्थाका चुनावहरुलाइ रणनीतिका रुपमा होइन कार्यनीतिको मामला ठान्छन् , कार्यनीति भनेको अस्थायी, क्षणिक, परिस्थितिजन्य र तत्कालिक हुन्छ, तत्काल कस्तो कार्यनीति प्रयोग गर्दा सापेक्ष रुपले जनताका विरोधी शक्ति विरुद्ध लाड्न सजिलो, प्रभाबकारी र फाइदाजनक हुन्छ, त्यही गर्ने कुरा हो।वर्गसंघर्ष र राजनिती संघर्षको ठोस बस्तुस्थिती अनुरुप बहिस्कार , शसक्त बहिस्कार र उपयोग दुबै हुँदै आएका छन् ।’
क्रान्तिकारी आन्दोलनको विकास, राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति र क्रान्तिकारी शक्तिको मुल्यांकनको आधारमा प्रतिक्रियावादी व्यवस्था आन्तर्गत हुने चुनावबारे के गर्दा सहि र बुद्दिमानी हुन्छ त्यो गर्न सकिन्छ, चुनावमा जादैमा संसदिय भासमा फसिहाल्ने र बहिस्कार गर्दैमा लोकप्रिय र क्रान्ति भैहाल्छ भन्ने कुरा होइन, मुख्य कुरा पार्टी र नेतृत्वले कसरी सोच्छ र उ कत्तिको इमान्दार छ भन्ने कुरा हो भन्दै फेरि महासचिव विप्लवले भनेका छन्, ‘यो प्रयोगमा जुन पार्टि र नेतृत्व वास्तविक रुपमा इमानदार र क्रान्तिकारी छन्, ती जे गर्दा पनि सफल देखिएका छन भने जो इमानदार, बस्तुबादी र क्रान्तिकारी छैनन् ती जे गर्दा पनि जनताबाट लगलग र असफल भयका छन।ू स्मरण रहोस रसियन क्रान्तिको सन्दर्भमा लनिनले दुमाको प्रयोग र बहिस्कार दुबै गरेका थिए तर उनी क्रान्तिकारी र महान साबित भएरै छाडे, २०४८मा तत्कालीन एकता केन्द्र मशालले संसदको प्रयोग गरेरै जनयुद्धको तयारी गरेको थियो भने पन्चायत काल र पछि ज्ञानेन्द्रले संकटकाल लगायपछि आयोजना गरेको स्थानिय तहको चुनाब काङ्ग्रेस एमालेले समेत बहिकार गरेका थिए , तर काङ्ग्रेस र एमालेहरु यो ब्यस्था बिरोधी र क्रान्तिकारी हुन सकेनन।’
पार्टीले चुनाबबारे आगाडी सारेको कार्यनीति अनुसार स्वतन्त्र , देशभक्त र यम सिसि विरोधीलाई सहयोग मात्रै गर्ने हो वा सहभागी पनि गराउने भन्ने बारे प्रस्ट पार्न १२ औं बैठक द्वारा पारीत प्रस्तावबाट एक अंस उधृद गर्दै बिप्लबले ू पार्टी दर्ता गरेर चुनाव उपयोग नगर्ने तर यमसिसी र रास्ट्रघात बिरोधहरुलाइ सहभागी गराउने र सहयोग गर्ने नीति लिनु उपयुक्त हुनेछ ू भनेर उल्लेख गरेका छन।
सोभियत संघको विघटन र पुर्वी युरोपमा भएको समाजवादी सत्तामा भएको प्रतिक्रान्ती पछि विश्व एकध्रुविय र अमेरिकिकरण भयको छ भनेर कैयौं समाजवादी, कम्युनिस्ट पार्टी र थुप्रै विध्वानहरुले बिश्लेसन गर्दै बल प्रयोगको बाटो असम्भव छ भनी रहेको बेला आफ्नो पार्टीले बिगत छ बर्ष पहिले देखि नै आजको विश्व परिस्थितिको मुल्यांकन फरक ढङ्गले गर्दै समाजजवादी क्रान्तिका लागि अनुकुलता थपिदै गएको र त्यो बिश्लेसण आजको युक्रेन संकटसम्म आइपुग्दा सहि साबित हुँदै गएको तर्फ संकेत गर्दै महासचिव विप्लबले यसरी लेखेका छन्, ‘भुमण्डलिकृत पुजिवाद युक्रेन युद्ध सङ्गै दुई वा बहु धुर्वमा बिभाजित हुन पुगेको छ । छ बर्ष अघि अब बिश्व अमेरिकी एक धुर्वमा नरहेको र बहुधुर्विय बन्दै गएकोले समाजवादी साम्यवादी क्रान्तिका लागि यसले अनुकुलता थप्ने भनेर गरेको बिश्लेसन सहि साबित गरेको छ।’
महासचिव विप्लवले पार्टीको नवौं महाधिवेशन आगामी मङ्सिर भित्र गर्ने र महाधिवेशनले पार्टीले वर्गसंघर्ष , राजनीतिक संघर्ष र वैचारिक संघर्षमा जुन नयाँ खोज गरेको छ, तिनलाइ सुब्यवस्थित, सुदृढ र सुस्पस्ट पार्दै राष्ट्रिय एवम् अन्तराष्ट्रिय क्षेत्रमा निर्वाह गरेका कैयौ भुमिकाका बिचबाट दुरगामी निर्णयहरु संश्लेसण गर्ने समेत बताएका छन।