सबैलाई चकित पार्दै एकीकृत समाजवादीले ल्यायो मनोनयनकै दिन दुई सिट !

सोमबार, १२ बैशाख २०७९

काठमाडौँ – सबैलाई चकित पार्दै नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । डोल्पाका दुई गाउँपालिका अध्यक्ष एक उपाध्यक्ष र ६ वटा वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

काइके गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहितका पदमा एकल मनोनयन दर्ता भएपछि उनीहरु निर्विरोध भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाका अनुसार काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा वाङ्जु गुरूङको मात्रै उम्मेदवारी परेको केन्द्रीय सदस्य बुढाले बताए ।