मंगलबार सार्वजनिक बिदा, कारण यस्तो छ

सोमबार, १९ बैशाख २०७९

काठमाडौँ – इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को अवसरमा मंगलबार सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।

गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिइएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा वि। स। २०७९ वैशाख २० गते मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको  ।