गठबन्धनलाई सेतीमा सलल बगाएर सेती गल्छीमा सधैलाई बिसर्जन गरिदिने हो : ओली

सोमबार, २६ बैशाख २०७९

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई सेती नदीमा बगाइदिमा बगाइदिएर गल्छीमा आउने नसक्ने गरि पुरिदिने र सदाका लागि  बिसर्जन गरिदिने बताएका छन्।

नेकपा एमालेले पोखरामा आयोजना गरेको चुनावी सभालाई सोमबार सम्बोधन गर्दे ओलीले उक्त कुरा बताएका हुन्।

‘पाँच दलीय गठबन्धनलाई पराजित गरेर राष्ट्रनिर्माणको महाअभियानमा लाग्दैछौं,’ उनले भने, ‘टुडो भाँचिने मसी नभएको कलम जस्तो हो र, यस्ताका विरूद्ध एक जुट भएर सेतीमा सलल गरिदिनुपर्छ ।’

ओलीले पोखरा महानगरमा एमालेका उम्मेदवार जिताउन आग्रह गर्दै विकासको जिम्मा पार्टीले लिने दाबी गरे। ‘उम्मेदवार जिताउने जिम्मा तपाईँको, विकासको जिम्मा एमालेको’ उनले भने, ‘यही सन्देश गाउँ गाउँमा टोल टोलमा यही भनेको छ एमालेको अध्यक्षले भनेर पुर्‍याइदिनुस्।’

ओलीले वैशाख ३० को चुनावमा एमालेले चित्ने र आगामी संसदीय र प्रदेश सभाको निर्वाचनमा एमालेको बहुमत आउने दाबीसमेत गरे।