पृथ्वीसुब्बा गुरूङले मौनअवधिको उलंघन गर्दै मत माग्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल !
निर्वाचन आयोग किन मौन छ
काठमाडौं – नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले भोट माग्दै गरेको भिडिओ मौन अवधिमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
गुरूङले भेरिफाइड फेसबुक अकाउन्टमा बुधबार बिहान ८ बजेर १० मिनेटमा भोट मागेको भिडिओ पोस्ट गरेका छन्।
मौन अवधिमा मत मागेको भिडिओ फेसबुकमा पोस्ट गर्दै पृथ्वीसुब्बा गुरूङले उक्त भिडियोमा उनले एमाले उम्मेदवारलाई मत दिएर जिताउन अपिल गरेका छन्।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको छ।
मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न पाइन्न।मौन अबधि भर सामाजिक संजालमा चुनाव प्रचार तथा मत मागेको कुनै पनि दृश्य प्रयोग गरे निर्वाचन आचारसहित को बिरुद्धमा हुन्छ, आयोगले भनेको छ । तर यत्रो ओहोदामा बसेका नेताले आचार संहिता उलंगन गर्दा पनि निर्वाचन आयोग भने मौन रहेको छ ।