गठबन्धनलाई हराउँदै ओखलढुंगाको मानेभञ्याङमा स्वतन्त्र उम्मेदवार बिजयी
काठमाडौं – ओखलढुंगाको मानेभञ्याङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रूम्दानीले अध्यक्ष जितेका छन्।
उनीसँग चुनावी तालमेल गरेको नेपाली कांग्रेसले उपाध्यक्ष जितेको छ।
स्वतन्त्र उम्मेदवार रूम्दानीले धारा चुनाव चिन्ह लिएका थिए।
निर्वाचन अधिकृत नविन खनालका अनुसार रूम्दानीले पाँच हजार २१ मत ल्याएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार रूपलाल तामाङ पराजित भए। उनले ३८१५ मत ल्याएका थिए।
उपाध्यक्षमा भने कांग्रेसका आश्रचन राई निर्वाचित भए। उनले ४७५० मत ल्याएका छन्। यहाँ एमाले र जसपाले चुनावी गठबन्धन गरेका थिए।
जसपाबाट उपाध्यक्ष उम्मेदवार दिपेन्द्र रूम्दानी पराजित भएका हुन्।