गृहमन्त्री र कानूनमन्त्रीको प्रचण्डसँग भेट, यस्तो गम्भीर बिषयमाथि भयो छलफल

बिहिबार, ५ जेष्ठ २०७९

काठमाडौं –  गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ ।

प्रचण्डनिवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ ।

भेटमा समसामयिक राजनीति र सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी बताए

प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने जस्तो गम्भीर बिषयमा पनि भेटमा छलफल भएको छ ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानूनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेट गरेका हुन् ।