गोरखामा नारायणकाजी श्रेष्ठले जोगाउन सकेनन् आफ्नै वडा, गृह पालिका पनि कांग्रेसले हत्यायो
काठमाडौँ – गोरखामा नेकपा माओवादीका शीर्ष नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको गृहपालिका सिरानचोक र गृह वडा ८ नम्बर वडामा माओवादी पराजित भएको छ।
उनको घर रहेको सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका पदको उम्मदेवार ज्ञानेन्द्र गुरुङ र उपाध्यक्षमा कांग्रेसकै उम्मदेवार रिता देवकोटा विजयी भएका हुन्।
अध्यक्ष गुरुङले ५ हजार ४३ मत प्राप्त गरेका छन् भने निटकतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १६८ मत प्राप्त गरे। अर्का प्रतिस्पर्धी एमालेका देवराज श्रेष्ठले १ हजार ५४५ मत प्राप्त गरे।
उपाध्यक्षमा विजयी देवकोटाले ४ हजार ८४ प्राप्त गरी विजयी बनिन्। निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार पूर्णकुमारी ढकालले ३ हजार ९०२ प्राप्त गरिन्।
नेता श्रेष्ठको गृहवडा सिरानचोक ८ मा कांग्रेसका दलमान गुरुङले वडाध्यक्षको चुनाव जित्न सफल भएका छन्। गुरुङले ७१६ मत प्राप्त गरे भने श्रेष्ठले उठाएका माओवादी उम्मेद्वार दीपक श्रेष्ठले ६६९ मत प्राप्त गरी पराजित भए ।