ह्वात्तै बढ्यो सरकारी कर्मचारीको तलब
काठमाडौँ – सरकारले कर्मचारीको तलब ह्वात्तै बढाएको छ । साबिकको तलव भत्ता भन्दा १५ प्रतिशतले कर्मचारीको भत्ता वृद्धि गरेको हो । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।
अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।