मधेशवादी दल र सिके रावतको पार्टीबीच मधेशमा तालमेल हुने भएपछी अन्य दल तनावमा

आइतबार, २२ जेष्ठ २०७९

काठमाडौँ – जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसंग सिके रावत नेतृत्वको जनमत पार्टीले चुनावी तालमेल गर्ने भएको छ। संघीय र प्रदेश निर्वाचन मंसिरभित्र गर्ने सरकारको तयारीपछि राजनीतिक दलहरुले चुनावी तालमेलको भित्री तयारी थालिरहदा मधेसका प्रतिस्पर्धी दल जसपा र लोसपासंग तालमेल गरेर अगाडी बढ्ने रणनिती जनमत पार्टीले अघि सारेको हो। मधेसमा सकृय यी तिन दलहरुको बिचमा चुनाबी तालमेल हुने देखिएपछि अन्य दलहरुलाई तनाव भएको छ।

जनमत पार्टीका नेता बिपी साहले स्थानीय निर्वाचनमा एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन नसकेको भन्दै संघीय निर्वाचनमा कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरू खुल्ला रहेको बताए । ‘यो वा त्यो पार्टीसँग तालमेल वा गठबन्धन गर्ने भन्ने विषयमा हामी संकीर्ण छैनौं । निर्वाचनका लागि जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्छ,’ नेता साहले भने ।

मधेस केन्द्रित दल भनिएका जसपा र लोसपासँग गठबन्धन वा तालमेल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा साहले भने,(‘लोसपा वा जसपाको जन आधार पनि मधेसमै देखियो । हाम्रो जन आधार पनि यही क्षेत्रमा छ । उहाँहरूसँग तालमेल भए झन् राम्रो ।’ पार्टीका नेताहरुले पनि मधेसवादी दलहरुसँगै सहकार्य गर्नुपर्नेमा जोड दिने गरेको उनले सुनाए ।