यस्तो अवस्थामा भेटिइन् लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली, अबस्था देखेपछि डाक्टर पनि चकित

बुधबार, १ असार २०७९

बुटवल – अर्काको घरमा गएर बबण्डर मच्चाउने लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला वलीलाई अस्पताल भर्ना गरिएको छ । मानसिक पीडा सहन नसकेर एक्कासि बेहोस भएकी उनलाई अस्पताल भर्ना गरिएको हो ।

उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । दाङबाट उपचारका लागि राति करिब १२ बजे उनलाई बुटवल प्रादेशिक अस्पताल ल्याइएको बताइएको छ ।

हाल निरन्तर उपचारपछि उनको स्वास्थ्य सुधारात्मक बन्दै गएको अस्पताल परिवारले बताएको छ । उनलाई अस्पतालको क्याबिन न १ मा राखिएको छ ।

हिजो राति दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए । उनले भने, ‘उहाँ आउँदा बेहोसीकै अवस्थामा आउनुभएको थियो, केही समयअघि बेहोस अवस्थामा आउनुभएको हो ।’

डा. ढकालले भने, ‘प्रेसर र सुगरको मात्रा बढी छ, मेडिसिन विभागले हेरेको छ, सबै रिपोर्ट आउँन बाँकी छ, स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ ।’

हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीको नियन्त्रणमा रहेकोकी उनलाई राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।

अरु सबै स्वास्थ्य अवस्था सामान्य भएपनि बेहुस भएको देख्दा डाक्टर पनि चकित भएका छन् । उपचारमा संलग्न डाक्टरहरुले अनौठो खालको बेहोस भनेका छन् ।