अखिल क्रान्तिकारीको बैठकमै कुटाकुट, आफुपनि कुटिने डरले बीचैबाट फर्किए प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा नेतृत्व चयनको असन्तुष्टिको बिषयलाई लिएर कुटाकुट भएको छ । नेतृत्व चयनका बिषयमा असन्तुष्टि जनाउदै समानान्तर कमिटी बनाएर गतिबिधी गरिरहेका पवन कार्कीको समूह र आधिकारिक समुहको बिचमा बैठक हलमै कुटाकुट भएको हो ।
असन्तुष्ट दुई पक्षको बिचमा कुटाकुटको खवर सुनेपछि अध्यक्ष प्रचण्ड आफै उपस्थित हुने भनिएको बैठकमा उनी उपस्थित नहुने भएका छन् । बैठकमा उपस्थित हुने पूर्वनिर्धारित समय नै तोकेका प्रचण्ड अन्तिम समयमा आएर झडपको बहानामा उपस्थित नहुनुलाई आफुमाथि पनि आक्रमण हुन सक्ने भन्दै उपस्थित हुन इन्कार गरेको भन्ने चर्चा सुनिन थालेको छ । केहिले त अध्यक्ष प्रचण्ड बिस्तारित बैठकमा आउन भनेर हिडेको तर झडपको खबर सुनेपछि बिचैबाट फर्केको आरोपहरु पनि लगाएका छन् ।
नेतृत्व चयनप्रति असन्तुष्ट रहेका समूहले बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुट भएको हो । महासचिव दीपेश पुन झडप रोक्न आफै मैदानमा उत्रिए पनि विरोध र नाराबाजी भएको छ ।
असन्तुष्ट पक्षले तानाशाह चल्दैन भन्दै केन्द्रीय समिति बैठकलाई अवैध गुट बैठक भनेका छन् । संगठनले पवन कार्की लगायत समानान्तर कमिटी बनाउनेमाथि कारबाही गरेको छ ।
अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भनिएको बैठकमा तनाव भएपछि उनी नजाने भएका छन् ।
कार्कीको समूहले हलमा नाराबाजी गरेको आरोप छ ।
विवादले उग्र रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बल प्रयोग गरेर बैठक स्थल खाली गराएको छ ।
महासचिव दीपेश पुनले बैठक सञ्चालन हुने बताए ।