प्रधानमन्त्री देउवाले किन बोलाए अपर्झट मन्त्रीपरिषद्को बैठक
काठमाडौं – प्रधानमन्त्री सेरबहादुर देउवाले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिएकी हुन् ।
मन्त्रिपरिषद्को नियमित बैठक भने सोमबार र बिहीबार बस्ने गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ । नेकपा एसबाट मन्त्री हेरफेर भएसँगै देउवाले दुई दिनअघि मात्र मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
काडमाडौंमा मंगलबार बिहान आयोजित सीमान्तीकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धी कार्यक्रममा मन्त्री रेग्मीले प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए पनि एजेण्डाका विषयमा केही खुलाइनन् ।