सफलताको शिखरमा चावहिलको मनास्लु कलेज, विद्याथीको पहिलो रोजाई
काठमाडौँ – स्थापनाको छोटो समयमा नै चावहिल स्थित मनास्लु वल्र्ड कलेजले आफ्नो सफलतालाई शिखरमा पुर्याएको छ । युवाहरुको जोस र अनुभवि शिक्षकहरुको मिहिनेतले मनास्लु कलेज सफलताको शिखरमा पुगेको हो ।
यो कलेजले विद्यार्थीलाई व्यवहारिक ज्ञान, जीवनोपयोगी शिक्षा र भविश्यको स्पष्ट मार्गनिर्देशन दिने भएकाले विद्यार्थीको पहिलो रोजाई बनेको छ । विद्यार्थीहरुले आफ्नो भबिस्य कस्तो बनाउने भन्ने विषय प्लस टुमा गएर ठोकिने हुनाले मनास्लु वल्र्ड कलेजले व्यवस्थित रुपमा शिक्षा प्रदान गरेर विद्यार्थीको उज्वल भविश्य बनाउन लागिपरेको कलेजको भनाई छ ।
कलेजमा अध्ययनको राम्रो वातावरण, प्रयोगात्मक शिक्षामा जोड, अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेकाले भर्नाको समयमा विद्यार्थीहरुको भिड हुने गरेको कलेजका अध्यक्ष तथा युवा व्यवसायी गेन्द्र लामाको भनाई छ । ‘हामीले अन्तराष्ट्रिय स्तरको शिक्षा नेपालमा दिदै आएको छौँ । हामीले गुणस्तरिय शिक्षा सर्वसुलभ शुल्क उपलब्ध गराएका छौँ ।’, लामाले भने, ‘त्यही भएर होला कलेज स्थापनाको छोटो समयमा विद्यार्थीको पहिलो रोजाई बनेको छ ।’
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कुनै पनि सम्झौता नगरेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए । ‘शिक्षा क्षेत्रमा लामो समय अनुभवी भएका दक्ष क्षमतावान शिक्षकहरूको समूहबाट स्थापना भएको कलेज भएकाले विद्यार्थीको भविश्यलाई प्राथमिकतामा राखेका छौँ’, श्रेष्ठले भने, ‘२१ औँ शताब्दीमा सर्टिफिकेटले मात्र काम गर्दैन । व्यवहारिक शिक्षा, जीवनोपयोगी शिक्षा चाहिन्छ भन्ने हामीलाई लागेकाले व्यवहारिक, स्वरोजगार बन्न गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएका छौँ ।’
मनास्लुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन पढाई हुने गरेको छ । नयाँ शैक्षिक सत्रका लागि कलेजले विद्यार्थी भनाई सुरु गरेको छ ।

