प्रधानमन्त्रीले आजै राजीनामा दिने, संयुक्त सरकार गठनको बाटो खुल्ला
काठमाडौं – देश आर्थिक शंकटमा परेपछि श्रीलंकाका जनताले निर्णयक आन्दोलन थालेका छन् । शनिबार आन्दोलनकारीहरुले राष्ट्रपति कार्यालय कब्जा गरेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।
सरकार विरोधी प्रदर्शनले उग्र रूप लिएपछि उनले आफू राजीनामा दिएर संयुक्त सरकार बनाउन तयार रहेको बताएका हुन् । उनले देश र जनताको सुरक्षाका लागि आफू राजीनामा दिन तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
शनिबार साँझ उनले ट्विटरमार्फत सबै राजनीतिक दलका नेताहरूबाट आउने सबैभन्दा उपयुक्त विकल्प स्वीकार गर्न तयार रहेको पनि बताएका छन् ।
To ensure the continuation of the Government including the safety of all citizens I accept the best recommendation of the Party Leaders today, to make way for an All-Party Government.
To facilitate this I will resign as Prime Minister.
— Ranil Wickremesinghe (@RW_UNP) July 9, 2022