जनपत्रकार संगठनको चौथो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

मंगलबार, २८ असार २०७९

काठमाडौं – जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन आगामी भाद्र ११ र १२ गते काठमाडौ हुने निर्णय भएको छ।

मंगलबार काठमाडौ स्थिति पद्मकन्या क्याम्पसमा सम्पन्न संगठनको केन्द्रिय समितिको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिबद्धता !मानव अधिकारको रक्षा र बैज्ञानिक समाजवादका लागि जनपत्रकारीता !!’ भन्ने नारा सहित संयोजक शेरबहादुर बिश्वकर्माको अध्यक्षता तथा सञ्चालन र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको विशेष उपस्थितमा भएको बैठकमा नेकपा केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढा, संगठनका फ्याक्सन इन्चार्ज प्रज्वलन र नेकपा केन्द्रिय सदस्य सुशील ओलिको समेत उपस्थिति रहेको थियो।

नेपालको पत्रकारिता आन्दोलन र जनपक्षीय पत्रकारहरुको नयाँ जिम्मेवारी , नेपालको सत्ता राजनितिमा देखिएका संकट र समाजवादी क्रान्तिको भविस्य तथा नेपालको स्वाधिनता माथी बढ्दै गएको साम्राजवादी हस्ताक्षपको खतराबारे महासचिव विप्लवले विस्तृत रुपमा प्रशिक्षण गरेका थिए ।  साथै, अतिथिहरु सन्तोष बुढा र प्रज्वलनले प्रशिक्षण मन्तव्य राखेका थिए।

बैठकले चौथो राष्ट्रिय सम्मेलनका लागि विभिन्न समितिको गठन पुनर्गठन र केन्द्रिय सदस्यहरुको कार्यक्षेत्र समेत हेरफेर गरेको छ। यसैगरी बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले आ आफ्नो फिल्डको कामको मौखिक रिपोर्टिङ गरेका थिए भने आमन्त्रित सदस्यहरुले अनुभुती , प्रतिबद्धता र सुझाव सहितको धारणा राखेका थिए ।