देउवाको एक शब्दले गगन र विस्वप्रकाश शर्माको निदहराम, कांग्रेसमा खैलाबैला

बुधबार, २९ असार २०७९

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय समितिको बैठकमा सभापति देउवाले प्रयोग गरेको एक सब्दले गगन थापा र विश्वप्रकाश शर्माको निद हराम गरिदिएको छ।

आगामिक महादिवेसनमा पार्टी सभापति बन्ने लाइनमा रहेका गगन थापा र विश्वप्रकाश शर्माको नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफूलाई पेल्ने काम भए विधान संशोधन गरेर तेस्रो पटक सभापति भइदिने चेतावनी दिएपछि निद हराम भएको हो।

केन्द्रीय कार्यालय सानेपामा जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले यस्तो चेतावनी दिएका हुन्।

‘केही नेताहरुले होटलमा अन्त–अन्त भेला गरेर, के गरेर मलाई जिस्क्याउने र पेल्ने काम गरिरहनुभएको छ,’ उनले भने, ‘तपाईंहरु पार्टी कार्यालयमै गर्नुस् जे गर्नुछ। मलाई पेल्ने काम नगर्नुस्। म विधान संशोधन गरेर तेस्रो पटक सभापति भइदिन्छु।’

उनले नेता शेखर कोइराला समूहले छुट्टा–छुट्टै रुपमा गरिरहेको भेलालाई लक्षित गरेर उक्त चेतावनी दिएका हुन्।

बैठकमा केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले गठबन्धन गरेर चुनाव जिते पनि पार्टीले हार्ने बताएपछि देउवा कडकिएका थिए।

उनलाई जवाफ दिने क्रममा देउवाले भने, ‘मलाई नजिस्क्याउनुस् म पार्टी राम्रो बनाएर योग्य नेतालाई छाड्न चाहन्थे,’ उनले भने, ‘तपाईंहरुले यस्तै गर्नुभयो भने विधान संशोधन गरेर तेस्रो पटक सभापति हुन सक्छु।’

नेपाली कांग्रेसको विधानमा एक जनाले दुईपटक मात्र सभापति हुन पाउने व्यवस्था छ। दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले उठाएका कुराहरुको जवाफका क्रममा देउवाले होटल–होटलमा गुट भेला गरेर आफूलाई जिस्क्याउने र पेल्न खोजिएको बताएका हुन्।

संस्थापन इतर समूहका केन्द्रीय सदस्यहरुले आगामी चुनावमा गठबन्धन गरेर जानु आवश्यक नभएको लगायत सरकारको कामको पनि आलोचना गरेका थिए। आफूविरुद्ध इतर समूहका नेताहरुको टिप्पणी पछि बैठकमा नै देउवा आक्रोशित बनेका हुन्।