राजीनामा दिएकाे १४ दिनमै सिंहदरबार फर्किए जनार्दन !

बिहिबार, ५ साउन २०७९

काठमाडौं – अर्थमन्त्रीबाट हटेको १४ दिन नबित्दै जनार्दन शर्माको सिंहदरबार छिरेका छन् । अहिले शर्मा मन्त्रीको रुपमा नभई संसदीय विशेष छानबिन समितिको बैठकमा बयान दिन सिंहदरबार छिरेका हुन् ।

वयानमा तत्कालीन अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको जिकिर गरेका छन् । संसदीय समितिमा बयान दिन सिंहदरबार पुगेका तत्कालीन अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको दावी गरेका हुन् ।

बाहिरको मान्छे पसे सजिलै थाहा हुने बताए । उनले छानविन समितिमा बयान दिँदै भने,‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन अरु मर्यादापलकहरु हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भएक थाहा भैहाल्थियो ।’

उनले सिसीटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई जानकारी नहुने बताए । उनले भने,‘भिडियो कहिले सम्म रहन्छ के हुन्छ त्यो बारे मलाई केहि जानकारी थिएन ।’