एनसीसी बैँकमा पैसा जम्मा गर्दा १० गुणा फिर्ता पाइने

शुक्रबार, ६ साउन २०७९

काठमाडौँ – नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले मुद्धतीमा पैसा राख्दा १० गुणा रकम फिर्ता पाइने भएको छ । ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ खोले रकम जम्मा गर्दा १० गुणा रकम पाइने भएको हो ।

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा दिदै आएको बैंकले निक्षेप रकमको १० गुणासम्म रकम दिने भएको हो । सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

यो योजनामा व्यक्तिगत निक्षेपमा ६ बर्ष ४ महिना २५ दिन पैसा राखे डबल हुने छ भने स्ंथागत रुपमा ७ वर्ष १ महिना १२ दिनमा डबल हुने बैंकले जनाएको छ । व्यक्तिगत निक्षेपमा १० वर्ष १ महिना २८ दिनमा तीन गुणा, १५ वर्ष ११ दिनमा ५ गुणा र २१ वर्ष ६ महिना २८ दिनमा १० गुणा बढी रकम पाइने छ ।

साथै यो योजनामा पहिलो वर्षको लागि रु.५ लाख सम्मको दुर्घटना बीमा र रु.२ लाख सम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।