हिमाल आरोही श्रेष्ठ र नेपाल लाइफबीच सहकार्य
काठमाडौँ – हिमाल आरोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र नेपाल लाइफ इन्स्योरेन्सबीच सहकार्यका लागि सम्झौता भएको छ । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सकार्यका लागि सम्झौता भएको हो । सम्झौतामा दुबैले हस्ताक्षर गरेका छन् ।
गोर्खाको मध्यम परिवारमा जन्मिएकी श्रेष्ठको साहसिक कार्यको कदर गर्दै नेपाल लाइफले उनीसँग सहकार्य गरेको हो । सगरमाथासहित नेपालका ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि सकेकी श्रेष्ठ र कम्पनीबीच सहकार्यका लागि सम्झौता भएको हो । श्रेष्ठले सम्झौता अनुसार नेपाल लाइफको झण्डा हिमालको चुचुरोमा फहराउन पर्ने छ ।
अब छिट्टै श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहण गर्दैछिन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेका हो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरेका थिए । त्यस्तै, पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेकोे वताएकी थिइन् ।