अप्रत्यासित नतिजा निकाल्दै रबिकाे राष्ट्रिय स्वतन्त्र पार्टी

सोमबार, ५ मंसिर २०७९

काठमाडौं – आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार रबि लामिछानेकाे स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

पछिल्लो अपडेट अनुसार कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकामा धवप्रसाद कँडेलले १६२ मतसहित अग्रता लिएका छन् । उनलाई एमालेकी विद्या भट्टराईले १२२ मतसहित पच्छ्याउँदै छिन्।

यता एकिकृत समाजवादीका श्रीनाथ बराल ११० मत पाएका छन् । त्यस्तै सो पार्टीका अध्यक्ष रवि लामिछाने फराकिलो मतान्तरले अगाडि देखिएका छन् भने काठमाडौँ क्षेत्र नम्बर ७ का उम्मेदवारले पनि अग्रता लिएका छन् ।

रूझान हेर्दा यस निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी आश्चर्यजनक नतिजा निकाल्दै उदाउने देखिन्छ । १७ असोजमा मात्रै दर्ता भएको यो दलप्रति खास गरेर युवाहरूको आकर्षण देखिएको छ ।

पहिलोपटक सहभागिता जनाएको निर्वाचनबाटै राष्ट्रिय दल बन्ने निश्चित छ । स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट उम्मेदवार छन् । उनीसहित केही सिट प्रत्यक्षतर्फ जित्ने तथा समानुपातिकमा अपेक्षा गरिएभन्दा राम्रो मत ल्याएर संसद्मा बलियो हैसियतसहित पुग्ने यो दलको दाबी छ ।