एमालेलाई झट्का दिदै म्याग्दीबाट गर्बुजा निर्वाचित
म्याग्दी – म्याग्दीमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) निर्वाचित भएका छन् ।
नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठलाई तीन हजार आठ सय ३२ मत पछि पार्दै गर्बुजा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्लामा कूल ५० हजार छ सय २५ मत खसेकोमा गबुर्जाले २४ हजार २१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरेका छन् । गत सोमबार राति ९ बजेदेखि मत गणना सुरु गरिएको थियो ।