विरोध खतिवडालाई हराउँदै एमालेका बर्तौला निर्वाचित
कवानपुर – मकवानपुर क्षेत्र नम्बर २ बाट पूर्वस्वाथ्इमन्त्री विरोध खतिवडालाई हराउँदै एमाले विजयी भएको छ । खतिवडालाई नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले हराएका हुन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पार्दै बर्तौलाले प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् । ८६ हजार ३१ मत खसेकोमध्ये बर्तौलाले ३४ हजार ९१६ मत पाएर विजयी भए ।
खतिवडाले ३० हजार ३९६ मत पाए । खतिवडा बर्तौलाका राजनीतिक गुरु हुन् । खतिवडा यसअघिका निर्वाचनहरुमा लगातार चार पटक निर्वाचित भएका थिए । संसदीय निर्वाचनमा विरोधको यो पहिलो हार हो ।