अबको आउने पिढीलाई प्राविधिक युक्त पिढी बनाउनु पर्छः ज्वाला कुमारी साह
काठमाडौं— बारा क्षेत्र नं ३ की साँसद एवं नेकपा एमाले पोलिटव्यूरो सदस्य ज्वाला कुमारी साहले कम्प्यूटर एशोसिएसन मधेस प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै साहले अबको आउने पिढीलाई प्राविधिक युक्त बनाउनु पर्नेमा जोड दिइन । उनले अबको युगमा प्राविधिक क्षेत्रमा क्रान्ती ल्याउने कुरा पनि बताइन ।
चुनावको विजयी पश्चात घरदैलोमा जाँदा अहिले जनि जनता जनार्दन सडक, नालाको भौतिक पुर्वाधारको विकास गर्नुपर्ने माग रखेको पाउछु, उनले भनिन । कसैले पनि शैक्षिक अवस्थाको सुधार गर्न नया टेक्नोलॉजी जडान गर्नुमा कसैले चासो नदिएको साहले बताईन । भौतिक संरचनाको निर्माण गर्दा अर्को वर्ष नाश भएर जाने उनले बताइन ।
तर शैक्षिक क्षेत्रमा नया टेक्नोलोजीको विकास गरे कयौ पुस्तालाई शिक्षित गर्न सकिने उनको भनाइ रहेको छ । समाजमा विकासको निम्ति प्रविधिको विकास गर्नु पर्ने बताईन। कार्यक्रममा प्रदेश सभा सदस्य महमद समिर, बडाध्यक्ष अशोक तिवारी, क्यान बाराका अध्यक्ष संजय केशरी, पर्साका अध्यक्ष प्नसान्त कुमार, उपाध्यक्ष अरूण गुप्ता, बिबेक यादव, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।