गठबन्धन टुट्यो, प्रचण्डले पाए पुन र शर्मालगायत नेताको समर्थन

आइतबार, १० पौस २०७९

काठमाडौं— प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक जारी भइरहँदा एक शीर्ष नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै “गठबन्धन लगभग टुट्यो भन्ने हाम्रो बुझाइ छ । चुनावी तालमेलमा पनि हामीले धोका पाएका छौँ । पहिलो प्रधानमन्त्री पनि हामीले नपाउने भएपछि किन गठबन्धनमा बस्ने ? हामी प्रतिपक्षमा बस्ने सम्भावना बढेर गएको छ,” भनेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूले प्रधानमन्त्री नपाए पार्टी प्रतिपक्षमा रहने संकेत गरेका छन् । त्यसमा वर्षमान पुन र जनार्दन शर्मालगायत नेताले समर्थन समेत जनाएका छन् ।

प्रचण्डले पछिल्लो समय पार्टीका शीर्ष नेताहरूसँगको भेटवार्ता नेपाली कांग्रेसले अहिले प्रधानमन्त्री दिने सम्भावना निकै कम देखिएकाले गठबन्धनबाट बाहिरिने सम्भावना बढेको बताएको एक शीर्ष नेताले जानकारी दिए ।