विभिन्न मुलुकद्वारा पोखरा जहाज दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौं— पोखरामा भएको जहाज दुर्घटनाप्रति विभिन्न मुलुकले दुःख व्यक्त गरेका छन्।
काठमाडौंस्थित अमेरिका र चीनका राजदूतावासले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गरेका हुन्।
अमेरिकी दूतावासले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।
उनले ट्विट गर्दै ‘यस दुःखद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना,’ लेखेका छन्।
यति एयरलाइन्सको 9N-ANC कलसाइनको जहाज पोखरास्थित सेती खोंचमा दुर्घटना भएको थियो। जहाजमा चालक दलका चार र ६८ यात्रु सवार थिए।