राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत
काठमाडौँ— राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा संसदीय दलको विधान अनुसार शाही प्रमुख सचेतकमा मनोनीत भएका हुन् ।
तत्कालीन सत्ता गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै संसदमा छिरेका उनी जुम्लाबाट निर्वाचित सांसद हुन् ।
उनी मन्त्री बन्ने पनि चर्चा थियो । तर अध्यक्ष लिङ्देनले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । प्रमुख सचेतकको मुख्य भूमिका दल र सभामुखबीच समन्वय गरी सदनमा प्रस्तुत हुने एजेण्डाकाबारेमा सहजीकरण गर्नु हो ।