प्रचण्डको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

सोमबार, ९ माघ २०७९

काठमाडौं  _ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले गजुरेललाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् । गजुरेल माओवादी केन्द्रका उपमहासचिव हुन् ।