राजनीतिक मान्छे राष्ट्रपति हुँदा दुःख पाइयो यसको विकल्प खोज्नुपर्छ : प्रचण्ड
काठमाडौं – प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रिय राजनीति गरेको व्यक्ति राष्ट्रपति बन्दा दुख पाएकोले यसको बिकल्प खोज्ने संकेत गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठकलाई बिहीबार सम्बोधन गर्दैै प्रचण्डले सक्रिय राजनीति गरेको व्यक्ति राष्ट्रपति बन्दा दुख पाएकोले यसको बिकल्प खोज्ने संकेत गरेका हुन् ।
अहिले सहमतीय राष्ट्रपतिको अपेक्षा गरेको हो’, बैठकमा प्रचण्डको भनाइको उधृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘कुनै राजनीतिक दलको कार्यकर्ता राष्ट्रपति हुँदा दुईतीन चोटी दुःख पाइयो । संविधानको, गणतन्त्रको रक्षा गर्ने सर्वमान्य राष्ट्रपतिमा सहमति जुटाऔं भन्ने मेरो इच्छा हो ।’
कांग्रेस, एमाले, माओवादी वा साना दलबाट पनि सहमतिको राष्ट्रपति बन्न सक्ने भन्दै उनले राष्ट्रपति चयनकै विषयमा सत्ता गठबन्धन नटुट्ने जिकिर गरे ।
त्यस्तो राष्ट्रपति एमाले भित्रैबाट पनि हुन सक्छ, कांग्रेसभित्रैबाट पनि हुन सक्छ,’ प्रचण्डले बैठकमा भने, ‘माओवादीभित्रैबाट पनि हुन सक्छ । अन्य साना घटकबाट पनि ल्याउन सकिन्छ । तर, त्यसो गर्दा अलिहेको गठबन्धन नटुट्ने गरी सहमतीय राष्ट्रपति खोज्नुपर्छ ।’
जुन दलको समर्थनको पात्र राष्ट्रपति बनेपनी सहमति अनुसारकै बन्ने तर सक्रिय राजनीति भन्दा बाहिरको बन्ने उनको घुमाउरो तर्क थियो यसले गैर राजनीतिक मान्छे राष्ट्रपतिको उमेदवार हुनसक्ने देखिएको हो ।
प्रचण्डले यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यसबारे छलफल गरेको बताएका थिए ।