राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत

बिहिबार, ४ फाल्गुन २०७९

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्षमा उद्धव पौडेललाई मनोनीत गरेको छ। पौडेल पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य पनि छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानबमोजिम पौडेललाई बिहीबार उपाध्यक्ष पदमा मनोनीत गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। पौडेल गत वैशाखमा राप्रपामा प्रवेश गरेका थिए। त्यसअघि उनी कमल थापा नेतृत्वको राप्रपा नेपालमा थिए। उनी राप्रपा नेपालमा कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुख थिए। राप्रपा नेपालले राजसंस्थालाई प्रमुख एजेन्डा नबनाउने भएपछि उनी पुनः राप्रपामा फर्किएका थिए।