राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्यः अर्जुन नरसिंह केसी

बुधबार, १० फाल्गुन २०७९

काठमाडौं— नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले मुलुकमा देखिएको आर्थिक लगायतका समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको कुरा बताएका छन् ।

सिंहले राष्ट्रपतिका विषयमा विभिन्न दलका आफ्नै दाबी रहेका बेला कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताए । उनले कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्ने दाबी गरे । केसीले गठबन्धन तोडेर अस्थिरताको कारक बन्न नचाहने स्पष्ट पारे ।