सिंहदरबारमा नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु

शुक्रबार, २६ फाल्गुन २०७९

काठमाडौं— सिंहदरबारमा नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ ।

गठबन्धन कार्यदलको बैठक कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा सुरु भएको हो । उपराष्ट्रपतिको उम्मेदवार, गठबन्धन विस्तारलगायतको विषयमा छलफल केन्द्रित रहेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । उपराष्ट्रपतिमा जसपा र नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ ।