सम्मानजनक सहभागिता नगराए कोइराला पक्ष सरकारमा नजाने

शुक्रबार, १७ चैत्र २०७९

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरहरुले पार्टीको तर्फबाट आफ्नो पक्षलाई सरकारमा सम्मानजनक सहभागिता नगरारै सरकारमा सहभागिता नजनाउने बताएको छ।

१४ औं महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीमध्ये उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत बैठक बसेर सम्मानजनक सहभागिता हुनुपर्ने अडान राख्दै सम्मानजक सहभागिता नभए सरकारमा सहभागी नहुने बताएका हुन्।’

‘हामीले सम्मानजनक सहभागिता हुनुपर्छ भनेर भनेका छौं,’ सहमहामन्त्री परियारले भने, ‘सम्मानजनक सहभागिता हुँदैन भने सरकारबाहिरै बस्ने हो।’

बैठकपछि नेता कोइरालाले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सम्मानजनक सहभागिता हुनुपर्ने सन्देश सुनाएको स्रोतको भनाइ छ।

कांग्रेसले ८ मन्त्रालय पाएकोमा उपसभापति गुरूङ र मोरङबाट निर्वाचित डिगबहादुर लिम्बुलाई मन्त्री बनाउने चर्चा छ। कम्तीमा ३ मन्त्रालय आफूहरूले पाउनुपर्ने अडानमा कोइराला पक्ष छ।