सिके राउतको पार्टी सरकारबाट बाहिरियो
काठमाडौँ – सिके रावत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ’मन्त्रिपरिषद् विस्तार गरेकै दिन आफ्नो भागमा परेको खानेपानी मन्त्रालयबाट राजिनामा दिंदै सरकारबाट बाहिरिएको हो।
शुक्रबार दिउँसो बालुवाटार पुगेर खानेपानी मन्त्री खानाले राजीनामा बुझाएका हुन्।
जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन्।