जसपाले बारा २ का २ मतदान केन्द्रमा बुथ कब्जा गरेको सिके राउतको आरोप

आइतबार, १० बैशाख २०८०

काठमाण्डौँ – बारा २ का २ मतदान केन्द्रमा बुथ कब्जा भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले आरोप लगाएका छन् ।

पचरौता नगरपालिका बेलडाडीमाप्रहरी प्रशासनकै संरक्षणमा जसपाले बुथ कब्जा गरेको उनले बताए ।

 

बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको उनले आरोप लगाए । आफूहरूले हिजो देखि नै बुथ कब्जा हुने जानकारी पाएको र प्रपचरौता नगरपालिका बेलडाडीमाहरी प्रशासनलाई पनि जानकारी गराए पनि उल्टै प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको उनको आरोप छ ।

स्थानीय प्रशासनले भने कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भइरहेको जानकारी दिएको छ ।