पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष छः विप्लव

आइतबार, १० बैशाख २०८०

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव) ले पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताएका छन् । आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा वहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताए । उनले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरू पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको बताए । महासचिव विप्लवले भ्रष्टाचारको छानबिन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाने बताए । सत्तारुढ र सत्ताबाहिर बसेका सबै नेताहरूलाई अर्ब रुपैयाँ भन्दा कमको चार्ज नभएको उनले बताए ।

उनले पार्टीका संगठनहरु भ्रष्टाचारमा लिप्त हुनुमा पार्टीकै दोष भएको बताए । महासचिव विप्लवले राजनीतिक क्षेत्रमा भ्रष्टिकरण हुनुले अन्य सबै क्षेत्रमा असर परेको बताए । उनले आफ्नो पार्टी र संगठनहरुमा भ्रष्टाचार नभएको दाबी गरे । उनले शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।