सांसदले प्रश्न उठाउने तर सम्बन्धित मन्त्री मुखदर्शक भएर बसिदिने परिपाटी सृजना भयो
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीले संसदमा सांसदले प्रश्न उठाउने तर सम्बन्धित मन्त्री मुखदर्शक भएर बसिदिने परिपाटी सृजना भएको भन्दै आपत्ती जनाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले सो कुरा बताएकी हुन् ।
उनले प्रतिनिधिसभा नियमावलीमा ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था भएपनि त्यो लागू हुन सकेको भन्दै आपत्ती जनाइन्। सांसद कार्कीले भनिन्,ुप्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियमको २ मा स्पष्ट व्यवस्था छ ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ। तर खै जवाफ?
भक्तपुरमा स्वास्थ्य वीमा कहिले आउँछ?, नक्खु भैंसीपाटी सडक कहिले बनिसक्छ? र स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ? भन्दै प्रश्न गरिन्। उनले यी प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ आउनुपर्ने माग गरिन्। सांसद कार्कीले सरकार सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताइन्।