प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको संख्या परिमार्जन गर्न माग

बुधबार, १३ बैशाख २०८०

काठमाडौं— राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको संख्या परिमार्जन गर्न माग गरिएको छ ।

बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले सो कुरा बताएका हुन् । उनले प्रतिनिधिसभामा सदस्य संख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको संख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए । विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उनको भनाइ छ । ‘अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरुमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी सदस्य भर्ना गर्नेकाम बन्द गरौँ’, उनले भने ।