पूर्व गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ
काठमाडौं— पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो । यस्तै बुधबार नै पूर्व गृहमन्त्री खाणलाई प्रहरीले चुच्चेपाटी स्थित निजी निवासबाट पक्राउ गरेको थियो । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ ।