शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ— काठमाडौं प्रहरी परिसरले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ गरेका १६ जनामाथि अनुसन्धानका लागि थप तीन दिनको अनुमति पाएको छ ।
काठमाडौं जिल्ला अदालतले यस प्रकरणमा पक्राउ परेका उनीहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले ५ दिनको समय माग गरे पनि अदालतले ३ दिन मात्रै दिएको हो ।
यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकसहित करिब एक दर्जन फरार रहेको बताइएको छ ।