चिनियाँ दूतावासका डीसीएम सिन र रास्वपाका नेताहरूबिच भेटवार्ता
काठमाडौं— नेपालस्थित चिनियाँ दूतावासका डीसीएम वाङ सिन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबिच भेटवार्ता भएको छ ।
बिहीबार पार्टी कार्यालय वसुन्धरामा पुगेर सिनले रास्वपाका नेताहरु संग भेटवार्ता गरेका हुन् । भेटघाटमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभारावल लगायत नेता सहभागी थिए । छलफल नेपाल र चीनका आपसी चासोका विषयमा केन्द्रित रहेको रास्वपाले जनाएको छ ।