प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरेः भीम रावल
काठमाडौं— नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरेको बताएका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रम प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिव स्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ। प्रम प्रचण्ड समकक्षी प्रमसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसंग? अफसोस, देशको झुकेको शीर।’